खोरीबारीको स्कुलमा रूबेला भ्याक्सिन लगाएपछि छात्रा अस्वस्थ्य

खोरीबारी : स्कुलमा रूबेला भ्याक्सिन लगाएपछि एउटी छात्रा अस्वस्थ्य भएकी छन्। उक्त घटना खोरीबारी ब्लकको बातासीमा श्यामधनजोत उच्च विद्यालयमा घटेको हो। प्राप्त जानकारी अनुसार उक्त स्कुलको आठौँ श्रेणीको छात्रा अनन्या सरकारले रूबेला भ्याक्सिन लगाएपछि अस्वस्थ्य भएको बताइएको छ। यसपछि स्कुलका शिक्षकहरूले तत्कालै उक्त छात्रालाई उद्धार गरेर बतासी अस्पतालमा लगेपछि त्यहाँका चिकित्सकहरूले प्राथमिक उपचार गरेपछि त्यहाँबाट जिल्ला अस्पतालमा रेफर गरिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *