खोरीबारीमा 21 वटा गाई-गोरू सहित 2 जना पक्राउ

खोरीबारी : एसएसबी 41औँ बटालियनको रामधनजोत क्याम्पका जवानहरूले 21 वटा गाई-गोरू सहित 2 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा मोहम्मद नासिरुद्दीन (35) र मोहम्मद जाबिर (53) सामेल छन्। प्राप्त जानकारीअनुसार भारत-नेपाल सिमानामा एसएसबी 41औँ बटालियनको रामधनजोत क्याम्पका जवानहरूले खोरीबारीको दान्डाझडमा एउटा ट्रक रोकेर छानबीन गर्दा 21 वटा गाई-गोरू उद्धार गरेको बताइएको छ। यसको साथै पक्रा परेकाहरूबाट नगद 8 हजार रुपियाँ पनि उद्धार गरेको छ। जफत गरेको उक्त गाई-गोरू बिहारतर्फ लगिरहेको थाहा लागेको छ। जफत गरेको गाई-गोरू सहित पक्राउ गरेको दुईजना व्यक्तिलाई खोरीबारी थाना पुलिसलाई सुम्पिदिएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *