खोरीबारीमा 30 परिवार अन्य पार्टी त्यागेर भाजपामा सामेल

खोरीबारी: खोरीबारी अञ्चल अन्तर्गत पहाड़ीभिट्टा बुथ संख्या 75 मा लगभग 30 परिवार अन्य पार्टीहरू त्यागेर भाजपामा सामेल भएका छन्। यसबारे भारतीय जनता युवा मोर्चा खोरीबारीका अध्यक्ष तरुण सिंहले जानकारी दिएका छन्। तिनले बताए अनुसार केन्द्र सरकारले जनहितमा गरिरहेका विभिन्न विकास कार्यहरू देखेपछि प्रेरित भएर लगभग 30 परिवार भाजपामा सामेल भएका छन्। ती पार्टीका नयाँ सदस्यहरूलाई भाजपामा स्वागत जनाउँदै उचित सम्मान तथा मर्यादा दिइने छ। बङ्गालका जनताले यस पल्टको विधानसभा चुनाउमा भाजपालाई विजयी बनाउने मन बनाइसकेको पनि भारतीय जनता युवा मोर्चा खोरीबारीका अध्यक्ष तरुण सिंहले दावी गरे। यस अवसरमा केन्द्रीय समिति सदस्य गणेश चन्र्ह देवनाथ, सिलगढी सांगठनिक जिल्ला सचिव उत्तम सिंह, खोरीबारी बुढ़ागञ्ज अञ्चल अध्यक्ष कल्याण कुमार प्रसाद, युवा मोर्चा अध्यक्ष तरुण सिंह सहित अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *