खोरीबारीमा 43 वटा गाई-गोरू सहित 2 जना पक्राउ

खोरीबारी: खोरीबारीमा 43 वटा गाई-गोरू सहित 2 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका तस्करहरूको नाम जाहिरूल हक (28) र मोहम्मद सलिम (30) बताइएको छ। तीमध्ये जहिरूल बिहारको पूर्णिया जिल्ला निवासी हुन् भने मोहम्मद उत्तर दिनाजपुरको डालखोला निवासी हुन्। प्राप्त जानकारी अनुसार दिनहुँ झैँ आज पनि नाका चेकिङ अवधि खोरीबारीको बङ्गाल-बिहार सिमानाको चक्करमारी संलग्न इलाकामा एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 43 वटा गाई-गोरू उद्धार गरेको बताइएको छ। उद्धार गरेको गाई-गोरूको कुनै वैध कागजपत्र देखाउन नसकेपछि 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *