खोरीबारीमा 50 परिवार भाजपा-मा सामेल

खोरीबारी : खोरीबारी-बुढ़ागञ्ज मण्डलको खोरीबारी अञ्चलको बुथ नम्बर 91-को रुपनजोतमा 50 परिवार भाजपामा सामेल भएका छन्। 6 नम्बर शक्ति केन्द्रका प्रमुख पार्थ सरकारको नेतृत्वमा 50 परिवार भाजपामा सामेल भएका हुन्। ती सामेल हुनेहरूलाई दलीय झण्डा प्रदान गरेर पार्टीमा सामेल गराइयो। यस अवसरमा केन्द्रीय समितिका सदस्य गणेश चन्द्र देवनाथ, मण्डल अध्यक्ष कल्याण कुमार प्रसाद, महासचिव शक्तिजय बारोई, मण्डल युवा मोर्चा अध्यक्ष तरुण सिंह, मण्डल उपाध्यक्ष अरुण दास, शक्ति केन्द्रका प्रमुख पार्थ सरकार, बुथ अध्यक्ष सुशान्त बर्मन, मण्डल सदस्य लक्ष्मी सिंहलगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *