खोरीबारीमा 60 परिवार भाजपामा सामेल

खोरीबारी: खोरीबारीको रानीगञ्ज बिन्नाबाड़ी पञ्चायतको रवीन्द्रपुर गाउँ 36 नम्बर बुथबाट लगभग 60 परिवार भाजपामा सामेल भए । भाजपा राष्ट्रीय परिषद सदस्य गणेश चन्द्र देवनाथले बताए अनुसार रवीन्द्र पुरको 36 नम्बर बुथबाट लगभग 60 परिवारले अन्य विभिन्न पार्टी त्यागेर भाजपामा सामेल भएका छन्। तिनीहरूलाई पार्टीको झण्डा प्रदान गरेर पार्टीमा सामेल गराइयो। केन्द्र सरकारद्वारा जनहितमा गरिएको विभिन्न विकास कार्यहरूलाई देखेर हाल धेरै संख्यामा मानिसहरू भाजपामा सामेल भइरहेको तिनले बताए। यस अवधि भारतीय जनता पार्टी नेशनल काउन्सिल मेम्बर गणेश चन्द्र देवनाथ, रानीगञ्ज बिन्नाबाडी मण्डल अध्यक्ष भोलानाथ सिद्धा, शक्ति केन्द्र प्रमुख सुखमय वानिक, बुथ सभापति मधुसूदन विश्वास, सन्तोष राय, नान्टु मण्डल सहित अन्य भाजपा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *