खोरीबारी : खोरीबारीमा आग्नेयास्त्रसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति मुर्शिदाबाद निवासी 49 वर्षीय हुमायूँ कबीरको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा खोरीबारी थाना पुलिसले यहाँको पानीट्याङ्की बस स्ट्यान्ड संलग्न इलाकामा अभियान चलाएर एकजना व्यक्तिलाई पक्राउ गर्यो। आरोपी व्यक्तिबाट पुलिसले एउटा आग्नेयास्त्र र 50 ग्राम ब्राउन सुगर पनि उद्धार गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।