खोरीबारीमा आँधीबेरीले रुख ढल्दा 5 वटा दोकान क्षतिग्रस्त

खोरीबारी : खोरीबारीमा आँधीबेरीले गर्दा बुढो रुख ढल्दा 5 वटा दोकान क्षतिग्रस्त बनेको छ। प्राप्त जानकारी अनुसार आज बिहान खोरीबारीको अधिकारी मोडमा लगभग 30 वर्ष बुढो एउटा बरको रुख ढल्दा 5 वटा दोकान क्षतिग्रस्त बनेको बताइएको छ। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस लगायत टुकरियाझड वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए। स्थानीय मानिसहरूले बताएअनुसार आफूहरू रुखमुनि बसिरहेको समय अचानक आवाज सुनेपछि त्यहाँ हट्यो। यसपछि उक्त रुख ढल्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *