खोरीबारीमा अन्य पार्टी छोड़ेर 375 परिवार भाजपामा सामेल

खोरीबारी : खोरीबारी खण्डको रानीगञ्ज-बिन्नाबाड़ी मण्डल अन्तगर्त चक्करमारीमा अन्य पार्टी छोड़ेर 375 परिवार भाजपामा सामेल भएका छन्।  दार्जिलिङका सांसद राजु विष्टले तिनीहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा सामेल गराए। यस अवसरमा सांसद विष्ट बाहेक भाजपा जिल्ला सचिव दिलीप बारोई, महासचिव मनोरञ्जन मण्डल, आनन्द मय बर्मन, उपाध्यक्ष राज भट्टाचार्य, जिल्ला सचिव उत्तम सिंह, नेशनल काउन्सिल मेम्बर गणेश चन्द्र देवनाथ, भाजपा जिल्ला मोर्चा अध्यक्ष कञ्चन देवनाथ, खोरीबारी मण्डल अध्यक्ष कल्याण कुमार प्रसाद, रानीगञ्ज-बिन्नाबाड़ी मण्डल अध्यक्ष भोलानाथ सिद्धा, नान्टु मण्डल लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *