खोरीबारीमा अन्य पार्टी छोडेर 25 परिवार भाजपामा सामेल

खोरीबारी : खोरीबारी खण्ड अन्तर्गत बुढागञ्ज अञ्चलको सोनाचाँदी बुथ संख्या 72 -मा आदिवासी समुदायका केही परिवारहरू अन्य पार्टी छोड़ेर भाजपामा सामेल भएका छन्। भाजपा युवा मोर्चा मण्डल अध्यक्ष तरुण सिंहले खोरीबारी-बुढागञ्ज मण्डलको बुथ संख्या 72 -मा एउटा योगदान समारोहको आयोजना गरेर आदिवासी समुदायका 25 परिवार भाजपामा सामेल भएको बताए। यस अवसरमा नेशनल काउन्सिल मेम्बर गणेश चन्द्र देवनाथ, खोरीबारी बुढ़ागञ्ज मण्डल युवा मोर्चा अध्यक्ष तरुण सिंह, शक्ति केन्द्रका प्रमुख नवनीत झा, आईटी कन्भेनर मध्य लाल राय लगायत भाजपाका अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *