खोरीबारीमा भाजपा-को चिया चर्चा कार्यक्रम

खोरीबारी : खोरीबारी खण्ड अन्तर्गत पर्ने रानीगञ्ज बिन्नाबारी मण्डलको मधुआबारी बुथ संख्या 22 -मा आज भाजपाको चिया चर्चा कार्यक्रमको आयोजना गरियो। भाजपा प्रदेश महासचिव सायन्तन बसु तथा दीप्तिमान सेनगुप्तले उक्त कार्यक्रम अवधि कृषि बीलसँग सम्बन्धित प्रमुख मुद्दाहरूबारे चर्चा गर्दै कृषि बील कृषकहरूको हितमा रहे तापनि विरोधी पार्टीहरूले यस बीलको विरोध गरिरहेको बताए। यसको साथै विरोध गर्ने पार्टीहरूले कृषि बीललाई लिएर राजनीति गरिरहेको सायन्तन बसुले आरोप लगाए। तिनले नयाँ कृषि बील लागू भए कृषकहरूलाई धेरै फाइदा हुने बताउँदै यसमा राजनीति नगरेर सबैले एकजुट भएर समर्थन गर्नुपर्ने बताए। यस अवसरमा नेशनल काउन्सिल मेम्बर गणेश चन्द्र देवनाथ लगायत स्थानीय कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.