खोरीबारीमा भाजपा युवा मोर्चाद्वारा र्‍याली 

खोरीबारी : भारतीय जनता पार्टी (भाजपा)का कार्यकर्ताहरूलाई पुलिसले झुटो मामिलामा फँसाएको विरोधमा आज खोरीबारी बुढ़ागञ्ज र रानीगञ्ज बिन्नाबाड़ी मण्डल युवा मोर्चाको तर्फबाट विरोध र्‍यालीको आयोजना गरियो। खोरीबारी बुढ़ागञ्ज मण्डल भाजपाका युवा मोर्चा अध्यक्ष तरुण सिंहले पश्चिम बंगालमा भाजपा कार्यकर्ताहरूलाई झुटो मामिलामा फँसाइरहेकोले गर्दा आज पुलिसको उक्त अत्याचारको विरोधमा र्‍यालीको आयोजना गरेको हो। यस अवसरमा खोरीबारी बुढ़ागञ्ज मण्डलका अध्यक्ष कल्याण कुमार प्रसाद, नेशनल काउन्सिल मेम्बर गणेश चन्द्र देवनाथ, युवा मोर्चा मण्डलका अध्यक्ष तरुण सिंह, रानीगञ्ज बिन्नाबाड़ी मण्डल युवा मोर्चाका अध्यक्ष तापस मांझी लगायत धेरै संख्यामा भाजपाका कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *