खोरीबारीमा ब्राउन शुगर सहित 2 जना युवक पक्राउ

खोरीबारी (निसं): खोरीबारीको पानीट्याङ्की आउट पोस्ट पुलिसले ब्राउन शुगर सहित दुई जना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा विशाल साहा (20) र रजत साहा (25) सामेल छन्। यी दुवै सिलगढीको आशीघर निवासी रहेको बताइएको छ।  


प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा खोरीबारीको पानीट्याङ्की आउटपोस्ट पुलिसले पानीट्याङ्की संलग्न क्वार्टर मोडमा 2 जना युवकलाई संदिग्ध अवस्थामा पक्रिएर तिनीहरूलाई छानबिन गर्दा 560 ग्राम ब्राउन शुगर उद्धार गरेको छ। यसपछि दुवैलाई पक्रिएर पुलिसले खोरीबारी थानामा लिएर गए। दुवै युवकलाई आज सिलगढी महकुमा अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *