खोरीबारीमा ब्राउन सुगर सहित 2 युवक पक्राउ

खोरीबारी : खोरीबारीमा ब्राउन सुगर सहित 2 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम विष्णु बर्मन (22) र देवव्रत बर्मन (19) बताइएको छ। दुवै पानीट्याङ्कीको उत्तर रामधनजोत निवासी हुन्। गोप्य सूचनाको आधारमा एसओजी र खोरीबारी थानाको पानीट्याङ्की आउटपोस्ट पुलिसले खोरीबारीको पानीट्याङ्की संलग्न दुधगेट इलाकामा संयुक्त अभियान चलाएर संदिग्ध एउटा स्कुटीलाई रोकेर छानबीन गर्दा 263 ग्राम ब्राउन सुगर उद्धार गरेको छ भने घटनामा 2 जना युवकलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका दुईजना युवकलाई खोरीबारी थानामा लगिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *