खोरीबारीमा ब्राउन सुगरसहित युवक पक्राउ

खोरीबारी : खोरीबारी थाना अन्तर्गत पर्ने पानीट्याङ्की पीपी पुलिसले गोप्य सूचनाको आधारमा गौरसिंह जोतमा अभियान चलाएर ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक हलधन बर्मन (25) –को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार पानीट्याङ्की पीपी पुलिसले गोप्य सूचनाको आधारमा गौरसिंह जोतमा छापामारी अभियान चलाएर लगभग 500 ग्राम ब्राउन सुगर, नकद एक लाख 38 हजार र एक मोबाइल सहित उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। खोरीबारी थानामा एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *