खोरीबारीमा बस पल्टिँदा 6 जना घाइते

खोरीबारी : खोरीबारी ब्लकको चक्करमारी मोडमा बस पल्टिँदा 1 जना शिशु सहित 6 जना यात्रीहरू घाइते भएका छन्। प्राप्त जानकारी अनुसार एउटा गैर सरकारी बस सिलगढीबाट देवीगञ्जतर्फ गइरहेको समय चक्करमारी मोडमा एकजना नानीले सडक पार गरिरहेको समय तिनलाई बचाउने क्रममा बस अनियन्त्रित पल्टिँदा बस चालक, एकजना शिशु सहित मोठ 6 जना घाइते भएको बताइएको छ। घाइतेहरूलाई तत्कालै उद्धार गरेर खोरीबारी ग्रामीण अस्पतालमा पठाइएको छ। उक्त घटनाले राष्ट्रिय राजमार्गमा जामको समस्या देखापर्यो। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *