खोरीबारीमा बस र ट्रक ठोक्किँदा 3 महिनाको शिशुको मृत्यु

खोरीबारी : खोरीबारीको केलाबारीमा बस र ट्रक आपस्तमा ठोक्किँदा तीन महिनाको शिशुको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार केलाबारीमा एउटा ट्रक अनियन्त्रित भएर यात्रीवाही बसलाई धक्का दिँदा बसमा सवार 3 महिनाको नानीको मृत्यु भएको बताइएको छ। उक्त बस खोरीबारीबाट सिलगढीतर्फ गइरहेको थियो। उक्त दुर्घटनामा बस चालक र एकजना यात्री गम्भीर रूपमा घाइते भएपछि तिनीहरूलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको छ भने अन्य घाइतेहरूलाई उपचारको लागि खोरीबारी अस्पतालमा लगिएको छ। घटनापछि ट्रक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाको खबर पाएर खोरीबारी पुलिस र ट्राफिक पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ। उक्त दुर्घटनापछि स्थानीय मानिसहरूले ट्राफिकविरुद्ध क्षोभ प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *