खोरीबारीमा चोरीको मामिलामा हालसम्म 4 पक्राउ, हराएको समानहरू उद्धार

खोरीबारी खोरीबारी थाना अन्तर्गत पीडब्ल्युडीस्थित एउटा मोबाइल दोकानमा चोरी भएको मामिलामा दुईजना व्यक्तिलाई रिमान्डमा लिएर सोधखोज गरेपछि तिनीहरूबाट चोरी गरिएको सर-समानहरू उद्धार गरेको छ। यसको साथै अन्य दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। तथापि, जाँचको उद्देश्यले पक्रा परेका व्यक्तिहरूको नाम गोपनीय राखेको छ। प्राप्त जानकारी अनुसार पीडब्ल्युडीस्थित एउटा मोबाइल दोकानमा हालै चोरी भएपछि दोकान मालिकले थानामा अभियोग दर्ता गरेपछि जाँचमा जुटेका पुलिसले दुईजना युवकलाई पक्राउ गरेर अदालतमा पेश गरेपछि रिमान्डमा लिएको थियो। रिमान्डमा लिएर पुलिसले तिनीहरूसित सोधखोज गरेर अन्य 2 जना व्यक्तिलाई पनि पक्राउ गर्नको साथै चोरी गरिएको 15 वटा मोबाइल, 2 वटा एलसीडी टीभी, 2 वटा कम्प्युटरको मनिटर, एउटा ल्यापटप, क्यामारा र 2 वटा पावर ब्याङ्क उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *