खोरीबारी ब्लकमा दुई वटा नयाँ स्वास्थ्य केन्द्रको शिलान्यास

खोरीबारी (निसं): सिलगढी महकुमा परिषदका सदस्य किशोरी मोहन सिंहले आज खोरीबारी ब्लकमा दुई वटा नयाँ स्वास्थ्य केन्द्रको शिलान्यास गरेका छन्। आज खोरीबारीको मदनजोत र सुबलभिटामा दुईवटा नयाँ स्वास्थ्य केन्द्रको शिलान्यास गरेपछि काम शुरू गरिएको छ। प्राप्त जानकारी अनुसार लगभग 31 लाख रूपियाँको लागतमा स्वास्थ्य केन्द्र बनाइने भएको छ। स्वास्थ्य केन्द्रको प्रभारी एएनएम तथा जीएनएम अनि आशाकर्मीहरू हुनेछ। यसलाई मिलाएर खोरीबारी ब्लकमा स्वास्थ्य केन्द्रको संख्या मोठ 18 वटा पुगेको छ। यसबारे खोरीबारी ब्लकका स्वास्थ्य अधिकारी सफीउल आलम मलिकले बताए अनुसार ब्लकमा पहिला 11 वटा मात्र स्वास्थ्य केन्द्र थियो भने नयाँ 7 वटाको घोषणा गरिसकेको छ। यीमध्ये तीन वटा स्वास्थ्य केन्द्रमा हाल काम चलिरहेको छ अनि दुई वटामा आजदेखि काम शुरू भएको छ।


यसैगरी, सिलगढी महकुमा परिषदका सदस्य किशोरी मोहन सिंहले भने, राज्य सरकारले ग्रामीण क्षेत्रहरूमा चिकित्सा सेवालाई जोड दिएको छ। तिनले बताए अनुसार यी स्वास्थ्य केन्द्रमा मोबाइल ऐप-को माध्यमले चिकित्सा गरिनेछ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *