खोरीबारीमा गाँजा सहित 2 जना पक्राउ

खोरीबारी : खोरीबारी थाना पुलिसले गाँजा सहित 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू कुचबिहार निवासी रवि बर्मन र सुशान्त अधिकारीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार कुचबिहारबाट बिहारमा गाँजा तस्करी गर्ने उद्देश्य लिएर लगिरहेको समय खोरीबारीको सिङ्गियाजोत इलाकाबाट 14 केजी 283 ग्राम गाँजा सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। उद्धार गरेको गाँजाको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको थाहा लागेको छ। पक्रा परेका दुईजना आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *