खोरीबारीमा घरमा कोही नभएको बेला सुन-चाँदीका गहनाहरू सहित नगद लाखौं रुपियाँको चोरी

सिलगढी, 6 नोभेम्बर: पञ्चाली गीतको कार्यक्रममा गएका बेला कोही नहुँदा घरमा चोरीको घटना भएको छ। उक्त घटनापछि इलाकामा सनसनी फैलिएको छ। यो घटना खोरीबारीको भाटागाछमा भएको हो। चोरले सुन-चाँदीका गहनासहित लाखौँ रुपियाँ लुटेर भागेको बताइएको छ।
जानकारी अनुसार, मङ्गलवार साँझ घरका सदस्यहरू पञ्चाली गीतको कार्यक्रममा गएका थिए। कार्यक्रम सकिएर घर फर्किँदा घरका सदस्यले दैलो खुल्ला देखे अनि यसपछि घरभित्र पस्दा चोरलाई देखे। तर चोरलाई समात्ने प्रयास गर्दा धक्का दिएर चोर भाग्न सफल भए।
परिवारका सदस्यहरूले बताए अनुसार, चोरले एक लाख रुपियाँ लगायत सुनको चेन, कानमा लगाउने, र चाँदीका गर-गहनाहरू चोरेर भागेको छ। घटनाबारे खबर पाएपछि खोरीबारी थाना पुलिसले घटनास्थलमा पुगेर जाँच गर्नको साथै चोरको खोजी शुरू गरेको छ। गत केही दिन अघि छेवैको इलाकामा पनि चोरीको घटना घटेको थियो। मंगलबार रातिको घटनापछि स्थानीय मानिसहरूमा डरको माहौल देखा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes