खोरीबारीमा झुन्डिरहेको अवस्थामा युवकको शव उद्धार

खोरीबारी : खोरीबारी थाना अन्तर्गत पहाड़ी भिट्टामा एकजना युवकको झुन्डिरहेको अवस्थामा शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले उक्त युवकको घरको पछिल्तिर रहेको बाँसको झ्याङ्गमा झुन्डिरहेको अवस्थामा युवकको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर खोरीबारी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *