खोरीबारीमा झुन्डिरहेको अवस्थामा युवकको शव उद्धार

खोरीबारी : खोरीबारी थाना अन्तर्गत गोरसाजोतमा एकजना युवकले घाटीमा पासो लगाएर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार आज परिवारका सदस्यहरूले घरमा झुन्डिरहेको अवस्थामा युवको शव देखेपछि घटनाबारे पुलिसलाई जानकारी दिए। घटनाको खबर पाएर खोरीबारी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *