खोरीबारीमा झुन्डिएको अवस्थामा 2 जनाको शव उद्धार

खोरीबारी : खोरीबारीमा झुन्डिएको अवस्थामा दुईजनाको शव उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। उक्त घटना खोरीबारीको बुढागञ्ज टुकरियाझाड वनाञ्चल संलग्न रामभोलाजोत इलाकामा घटेको हो। मृतकहरूको नाम देव सिंह (16) र सुलेखा सिंह (16) बताइएको छ। दुवैजना बुढागञ्जको धुलियाजोत इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार आज स्थानीय मानिस मैदानमा गाई-गोरू बाँध्न गएको समय हात्तीको वाच टावरमुनि एकजना नाबालक र नाबालिकाको झुन्डिएको अवस्थामा शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेर 2 जनाको शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ। दुवैको परिवारका सदस्यहरूले बताएअनुसार मृतक दुवैबीच छिमेकी दाजु-बहिनीको जस्तै सम्बन्ध थियो। के कारणले तिनीहरूले यस्तो कदम उठाएको हो भन्ने कुरा बुझ्न सकेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *