खोरीबारीमा करम पुजाको आयोजना

खोरीबारी : प्रकृतिलाई बचाई राख्ने उद्देश्य लिएर खोरीबारी प्रखण्ड करम पुजा कमिटीको तर्फबाट आज फुलबारी खाललाइन मैदानमा करम पुजाको आयोजना गरियो। आदिवासी सम्प्रदायका मानिसहरूले गत राति रीति रिवाजको साथमा पुजा अर्चना गरेपछि आज विसर्जन गरियो। यस अवसरमा आदिवासी विकास परिषदका खोरीबारी खण्ड अध्यक्ष राधा मुण्डा, सचिव पीटर उराव, एडभाइजर हान्द्रु उराव, सुन्दर लाल इक्का, सहदेव टोप्पो, तर्सुस इक्का, समन इगासीया, गणेश उराव, बबलु मिञ्ज लगायत अन्य श्रद्धालुहरू उपस्थित थिए। राधा मुण्डाले बताएअनुसार आदिवासी सम्प्रदायका मानिसहरूले परा पूर्वकालदेखिनै प्रकृतिलाई जोगाई राख्ने उद्देश्य लिएर करम पुजा गर्दै आइरहेका छन्। प्रत्येक वर्ष झैँ यस वर्ष पनि आदिवासी रीति रिवाज अनुसार रुख-विरुवा, ढुङ्गा, हावा, पानी आदिको पुजा अर्चना गरेर करम पुजा गरियो। यसको साथै आदिवासी सम्प्रदायका मानिसहरूले परिवार, जनकल्याण तथा खेतीको लागि पनि करम देवताको पुजा अर्चना गरे। खोरीबारी प्रखण्ड अन्तर्गत फुलबारी खाललाइन मैदानमा करम देवताको विधिवत पुजा अर्चना गरेर आज विसर्जन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *