खोरीबारीमा लाखौँ रुपियाँको ब्राउन सुगरसहित 3 जना पक्राउ

खोरीबारी :  लाखौँ रुपियाँको ब्राउन सुगरसहित 3 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरूमा क्रमैले सानु देवनाथ (28), सौरभ कुमार सापकोटा (33) र सुरज दाहाल (42) सामेल छन्। तीमध्ये एकजना भारत निवासी र अन्य दुईजना नेपाल निवासी हुन्। प्राप्त जानकारीअनुसार खोरीबारी थाना पुलिसले यहाँको उत्तर रामधनजोत स्कुल संलग्न इलाकामा अभियान चलाएर 50 ग्राम ब्राउन सुगर सहित 3 जनालाई पक्राउ गरेको छ। यसको साथै पुलिसले नगद 55 हजार रुपियाँ, 4 वटा मोबाइल र ल्यापटप उद्धार गरेको छ। उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लगभग 5 लाख रुपियाँ रहेको साथै उक्त ब्राउन सुगर नेपाल लैजाने उद्देश्यले लगिरहेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *