खोरीबारीमा महिलाहरूले पुरुषहरूसँगै पढे ईदको नमाज

खोरीबारी : देशभरिमै आज भाईचाराको तिहार ईद धुमधामको साथमा पालन गरिरहेको छ। खोरीबारी ब्लक अन्तर्गत बुरागञ्जस्थित बक्तारभिटाको ईदगाहमा एउटा भिन्नै दृश्य देखियो। यहाँ पुरुषहरूसँगै महिलाहरूले पनि ईदको नमाज अदा गरे। यस अवधि तिनीहरूले अल्लाहतालासित देशमा शान्ति र प्रगतिको कामना गरे। पहिलोपल्ट एकैसाथ ईदको नमाज अदा गर्न पाउँदा महिलाहरू निक्कै खुसी छन्। तथापि ईदको नमाज अदा गर्न महिलाहरूको लागि अलग्गै ठाउँ बनाएको थियो। सबाना खातून लगायत अन्य महिलाहरूले बताएअनुसार आगामी दिनमा पनि यस्तै प्रकारले ईद मनाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *