खोरीबारीमा महिलाको झुण्डेको अवस्थामा शव उद्धार

खोरीबारी : खोरीबारी थाना अन्तर्गत खोलताबजारमा 59 वर्षीय सावित्री देवनाथको झुण्डेको अवस्थामा शव उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। परिवारका सदस्यहरूले सावित्री देवनाथलाई घाँटीमा पासो लगाएर झुण्डिरहेको अवस्थामा देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। स्थानीय मानिसहरूले बताएअनुसार मृतक महिला क्यान्सर रोगले पीड़ित थिइन् भने केही महिना अघि उपचारको लागि मुम्बई गएकी थिइन्। मुम्बईबाट उपचार गरेर मई महीनामा तिनी घर फर्केपछि कोरोना संक्रमित भएकी थिइन्। यसपछि तिनी कोरोनासित लडेर स्वस्थ्य भएकी थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *