खोरीबारीमा नदीको जमिनमा अवैध निर्माण गरेको आरोपमा 3 जना पक्राउ

खोरीबारी : खोरीबारी ब्लकको पानीट्याङ्कीमा बतासी नदीको जमिनमा अवैध निर्माण गरेको आरोपमा पुलिसले 3 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा क्रमैले धर्मेन्द्र गिरी (27), जितेन्द्र गिरी (26) र खोकन घोष (58) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेकाहरूले नदीमा अवैध रूपमा कङ्क्रिटको घर र होटल बनाएर व्यवसाय चलाइरहेको थियो। अभियोगको आधारमा खोरीबारी थाना पुलिसले 3 जनालाई पक्रा गरेको बताइएको छ। नदीलाई दखलमुक्त गर्नको लागि प्रशासनको तर्फबाट नोटिस जारी गरेको छ। यस विषयमा जिल्ला पुलिसका एसडीपीओ अचिन्त्य गुप्तले बताएअनुसार अभियोगको आधारमा 3 जनालाई पक्राउ गरेको हो। उक्त घटनामा अन्य कोही संलग्न रहे तिनीहरूलाई पनि चाँडै पक्राउ गरिनेछ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *