खोरीबारीमा नकली डीजल बनाउने व्यक्ति पक्राउ

खोरीबारी : खोरीबारी थाना तथा पानीट्याङ्की पुलिस पोस्टका पुलिसले गोप्य सूचनाको आधारमा पानीट्याङ्की झरनाजोत इलाकामा संयुक्त अभियान चलाएर नकली डीजल बनाउने 44 वर्षीय उत्तम रायलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार पुलिसले पानीट्याङ्की झरनाजोतमा एकजना व्यक्तिले मट्टीतेलमा पाउडर मिसाएर नकली डीजल बनाई बिक्री गर्ने गरेको गोप्य सुइँको पाएका थिए। यसपछि पुलिसले पानीट्याङ्की झरनाजोतमा संयुक्त अभियान चलाएर उक्त व्यक्तिलाई पक्राउ गर्नको साथै 550 लिटर मट्टीतेल र एक बोरा पाउडर पनि उद्धार गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *