खोरीबारीमा नकली नोट सहित महिला पक्राउ

खोरीबारी : नकली नोट सहित 35 वर्षीय महिला मिना खातुनलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार फाँसीदेवाको चटहाट निवासी मिना खोरीबारीको बतासी बजारमा नकली नोट लिएर काँचो खोर्सानी किन्न आएको समयमा तिनले दोकानेलाई नकली नोट दिएपछि उक्त नोट नकली रहेको आशंकामा पुलिसलाई यसबारे खबर दिए। खोरीबारी थाना पुलिसले छानबीन गर्दा उक्त महिलाबाट 12 वटा 500 रुपियाँको नोट अनि 4 वटा 2000 को नकली नोट फेला पारेको छ। उक्त आरोपी महिलालाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *