खोरीबारीमा प्रतिबन्धित कफ सिरप सहित आमा-छोरी पक्राउ

खोरीबारीतस्करी गर्न अगावै प्रतिबन्धित कफ सिरप सहित आमा-छोरीलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा नुरून बेगम (60), खवसारी बेगम (43) सामेल छन्। तिनीहरू दुवै गन्डागोलजोत निवासी हुन्। उक्त घटना खोरीबारी शिवुजोत इलाकाको हो। प्राप्त जानकारी अनुसार एसओजी र खोरीबारी थाना पुलिसले गोप्य सूचनाको आधारमा संयुक्त अभियान चलाएर 115 बोतल प्रतिबन्धित कफ सिरप सहित आमा-छोरीलाई पक्राउ गरेको बताइएको छ। खोरीबारी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *