खोरीबारीमा पीडब्ल्यूडी पुलबाट केशोर्डोबा श्मशान घाटसम्म पक्का सडकको शिलान्यास

खोरीबारी, 28 अक्टोबर (निसं): सिलगढी महकुमा परिषदको वन तथा भूमि अधिकारी किशोरी मोहन सिंहले गाउँका मानिसहरूको अन्तिम यात्रालाई सहज बनाउन सिलगढी महकुमा परिषद र खोरीबारी पञ्चायत समितिको संयुक्त पहलमा पीडब्ल्यूडी पुलबाट केशोर्डोबा श्मशान घाटसम्म पक्की सडकको शिलान्यास गरेका छन्। यो सडकको काम लगभग 3 लाख 59 हजार रुपियाँको लागतमा गरिने बताइएको छ।
यस अवसरमा सिलगढी महकुमा परिषदका वन तथा भूमि अधिकारी किशोरी मोहन सिंह, पञ्चायत समितिका उपाध्यक्ष महेश बर्मन, खोरीबारी ग्राम पञ्चायतका प्रधान परिमल चन्द्र सिंह, मोनिका राय सिंह लगायत अन्य व्यक्तिहरू उपस्थित थिए। यस सम्बन्धमा किशोरी मोहन सिंहले भने, “केशोर्डोबा श्मशान घाटसम्म सडक थिएन। आज महकुमा परिषदको पहलमा सडक निर्माणको काम सुरु भएको छ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom 760 girişJojobetjojobetCasibom GirişJojobet GirişcasibomCasibomHoliganbet GirişMeritkingMarsbahis Yeni