खोरीबारीमा रक्तदान शिविरको आयोजना

खोरीबारी : रगतको संकट दूर गर्ने उद्देश्य लिएर तृणमूल युवा कङ्ग्रेस अघि आएको छ। खोरीबारी ब्लकको बिन्नाबारी अञ्चल युवा तृणमूल कङ्ग्रेसको पहलमा बिन्नाबारी सोनापिन्डी इलाकामा आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा युवा तृणमूल कङ्ग्रेसका सदस्यहरूले रक्तदान गरे। उक्त शिविरमा जिल्ला युवा तृणमूल कङ्ग्रेसका सभापति निर्णय राय, खोरीबारी तृणमूल सभापति मुकुल राय, युवा सभापति किशोरी मोहन सिंह लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *