खोरीबारीमा रक्तदान शिविरको आयोजना

खोरीबारी : कोरोना महामारीको समयमा हाल सरकारी अस्पतालहरूमा रगतको कमी देखापरेकोले आज दार्जिलिङ जिल्ला मञ्चको पहलमा खोरीबारी विज्ञान मञ्चको सहयोगमा एउटा रक्तदान शिविरको आयोजना गरियो। खोरीबारी क्लब सह पुस्तकालयमा आयोजित रक्तदान शिविरको पश्चिम बंगाल विज्ञान मञ्च दार्जिलिङ जिल्ला कार्यवाहक अध्यक्ष डा. गोपाल डे-ले उद्घाटन गरे। उक्त शिविरमा विज्ञान मञ्चका कर्मचारीहरू लगायत अन्य मानिसहरूले रक्तदान गरे भने शिविरमा मोठ 30 युनिट रगत संग्रह गरियो। संग्रह गरिएको रगत उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइयो। यस अवसरमा जिल्ला सचिव देवर्षी भट्टाचार्य, विज्ञान केन्द्र सचिव कालाचन्द दास लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *