खोरीबारीमा सडक दुर्घटनामा युवक घाइते

खोरीबारी (निसं): सडक दुर्घटनामा एकजना युवक घाइते भएको छ। उक्त घटना खोरीबारीको चक्करमारी राजकीय सडकमा घटेको हो। घाइते युवकको नाम राजु मजुमदार बताइएको छ। तिनी चक्करमारी इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार आज एउटा यात्री वाहक बस देवीगञ्जबाट सिलगढीतर्फ गइरहेको समय अनियन्त्रित भएर उक्त युवकलाई धक्का दिँदा तिनी घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा युवकलाई उद्धार गरेर खोरीबारी ग्रामीण अस्पतालमा लगेको छ। स्थानीय मानिसहरूको आरोप अनुसार बसको गति तीव्र भएकोले गर्दा इलाकामा प्रायःजसो दुर्घटना हुने गर्दछ। खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा ल्याइयो। पुलिसले घातक बसलाई आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *