खोरीबारीमा सरकारी जमिन अतिक्रमण विरुद्ध प्रशासनले चलायो अभियान

खोरीबारी, 13 मार्च (निसं): प्रशासनले खोरीबारीको बुरागञ्जको चन्नाजोतमा सरकारी जमिनमा अतिक्रमणविरुद्ध अभियान चलायो। आज भूमि र भूमि राजस्व विभागले जमिनलाई अतिक्रमण मुक्त गराएपछि त्यहाँ सरकारी बोर्ड लगाइदिएको छ। जिल्ला शासकको आदेशमा एसडीएलआरओ-को उपस्थितिमा खोरीबारी भूमि र भूमि राजस्व अधिकारी अनि पुलिस घटनास्थलमा गएर सरकारी जमिनबाट अतिक्रमण हटाए। कुनै प्रकारको अशान्ति हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर सर्कल इन्सपेक्टरसहित धेरै संख्यामा पुलिस बल घटनास्थलमा तैनाथ गरिएको थियो। प्राप्त जानकारी अनुसार, दुलाल बर्मन नामक व्यक्तिले सरकारी जमिनमा कब्जा गरेर अवैध निर्माण गर्दै थिए। अन्ततः प्रशासनको हस्तक्षेपबाट लगभग 44 कट्ठा जमिन अतिक्रमण मुक्त गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *