खोरीबारीमा एसएसबी-को छापामारी, मोर्फिनसहित 3 जना पक्राउ

खोरीबारी, 25 दिसम्बर (निसं): एसएसबीले पुनः मादक पदार्थ तस्करीको योजनालाई असफल बनाएको छ। खोरीबारीका अधिकारीहरूले 101 ग्राम मोर्फिनसहित तीन जना युवकलाई पक्राउ गरेका छन्। पक्रा पर्ने आरोपीहरूमा शुकदेव सिंह, कृष्ण दास र मोहम्मद शम्स सामेल छन्।
पुलिस सूत्र अनुसार, गोप्य सूचनाको आधारमा मंगलवार राती एसएसबीको 41औं बटालियनले अधिकारी बजारस्थित एउटा मोबाइल दोकानमा छापामार अभियान चलायो। त्यसपछि तीन जना युवाहरूलाई हिरासतमा लिएर सोधखोज गरिएको थियो। त्यस क्रममा उनीहरूबाट 101 ग्राम मोर्फिन उद्धार गरियो। त्यसपछि एसएसबीले तीन जनालाई पक्राउ गरेर खोरीबारी पुलिसलाई हस्तान्तरण गऱ्यो। पक्रा परेका आरोपी युवाहरूलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *