खोरीबारीमा ट्र्याक्टर र बाइक आपस्तमा ठोक्किँदा दुईजना गम्भीर घाइते

खोरीबारी : खोरीबारीमा ट्र्याक्टर र बाइक आपस्तमा ठोक्किँदा दुईजना गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारीअनुसार खोरीबारीको क्वार्टर मोड संलग्न एसियन हाईवेमा ट्र्याक्टर र बाइक आपस्तमा ठोक्किँदा बाइक चालक र बाइकमा सवार व्यक्ति गम्भीर रूपमा घाइते भएको बताइएको छ। घाइतेहरू रञ्जीत मुण्डा र माली चिकबराईकलाई तत्कालै उद्धार गरेर नक्सलबारी ग्रामीण अस्पतालमा पठाएपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *