खोरीबारीमा तृणमूलको बुथ कमिटी गठन

खोरीबारी : खोरीबारी अञ्चलको नम्बर बुथ 27/86-मा बुथ कमिटी गठन गरियो। एउटा बैठकको आयोजना गरेर चर्चा-परिचर्चा गरेपछि जगन्नाथ बर्मनलाई सर्वसम्मतिले कमिटीको अध्यक्ष चयन गरियो। उक्त बुथ कमिटी 21 जना मानिसहरूलाई लिएर गठन गरिएको छ। अञ्चल अध्यक्ष उपासु सिंहले बुथ संख्या 27/73-का अध्यक्षको रूपमा मिथुन सिंह, 27/76-मा कृष्णा देवनाथ, 27/78-मा पंकज सिंह, 27/79-मा दिनोनाथ सिंह, 27/80-मा राबिन बर्मन, 27/81-मा रञ्जीत सिंह, 27/83-मा शंकर सरकार, 27/84-मा सतन सिंह, 27/85-मा हरिदास देवनाथ, 27/90-मा मोहम्मद अफ्तार र 27/91-मा पञ्चानन राय सरकारलाई सर्वसम्मतिले चयन गरिएको छ। पार्टीलाई अझ बलियो बनाउने उद्देश्य लिएर बुथ कमिटिहरूलाई पुनर्गठन गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *