खोरीबारीमा तृणमूलको नयाँ बुथ कमिटी गठन

खोरीबारी : तृणमूल कांग्रेस पार्टीलाई अझ सशक्त र बलियो बनाउने उद्देश्य लिएर खोरीबारी अञ्चलका सबै बुथहरूमा नयाँ रूपले बुथ कमिटी गठन भइरहेको छ। यसै क्रममा खोरीबारी अञ्चलको बुथ संख्या 27/86-मा पनि बुथ कमिटी गठन गरियो। खोरीबारी अञ्चल तृणमूल कांग्रेस पार्टी अध्यक्ष उपासु सिंहले बूथ संख्या 27/86 मा कार्यकर्ताहरूलाई लिएर एउटा बैठक गरे। बैठकमा पार्टीलाई अझ बलियो बनाउनेबारे चर्चा-परिचर्चा गर्न साथै नयाँ रूपले बुथ कमिटी गठन गरियो। उक्त बुथ कमिटीमा जगन्नाथ बर्मनलाई सर्वसम्मतिले अध्यक्षको रूपमा चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *