खोरीबारीमा ट्रकको धक्काले व्यक्तिको मृत्यु

खोरीबारी : खोरीबारीमा ट्रकको धक्का लागेर स्कुटीमा सवार व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति रामधनजोत इलाका निवासी सञ्जय रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति खोरीबारीको कोयाटार मोडमा एउटा मालवाहक ट्रक अनियन्त्रित भएर स्कुटीलाई धक्का दिँदा घटनास्थलमै स्कुटीमा सवार व्यक्तिको मृत्यु भएको बताइएको छ। घटनापछि ट्रक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोके। अर्कोतिर, घटनापछि आक्रोशित मानिसहरूले उक्त ट्रकमा तोडफोड गरे। घटनाको खबर पाएर खोरीबारी तथा नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको साथै मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *