खोरीबारीमा युवकको झुण्डिएको अवस्थामा शव उद्धार

खोरीबारी खोरीबारी खण्डको रानीगञ्ज-पानीसाली ग्राम पञ्चायत अन्तगर्त डाङ्गीमैनागुड़ीमा झाड़ीबाट 28 वर्षीय राजकुमार रायको शव झुण्डिएको अवस्थामा उद्धार गरेको छ। मृतकका बाबु शङ्कर रायले बताएअनुसार राजकुमार रायको कसैसँग कुनै प्रकारको दुश्मनी नरहेको साथै सदा झैँ हिजो राति तिनी कामको लागि घरबाट निस्केका थिए। स्थानीय मानिसहरूले आज बिहान बाँसघारीमा राजकुमारको शव झुण्डिएको अवस्थामा देखेपछि यसबारे खोरीबारी पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उक्त युवकले आत्महत्या गरेको हो अथवा कसैले हत्या गरेको हो भन्नेबारे पुलिसले जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *