खोरीबारी, नक्सलबारी क्षेत्रमा जनता कर्फ्यू-को प्रभाव, बजारहरू बन्द

खोरीबारी : प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा घोषणा गरिएको जनता कर्फ्यूको समर्थन गर्दै आज खोरीबारी, नक्सलबारी खण्डको पानीघट्टासहित सीमावर्ती क्षेत्रहरूका मानिसहरूले पूर्ण समर्थन जनाएर घरभित्रै बसेका छन्। यहाँको बजारहरू बन्द रहनको साथै सडकहरू सुनसान देखियो। प्राप्त जानकारीअनुसार जनता कर्फ्यूलाई लिएर भारत-नेपाल सीमाको पानीट्याङ्की अनि भातगाँउमा पनि आज बिहानैदेखि यातायात ठप्प रहेको छ। तथापि, आवश्यक कार्यको लागि मात्र केही मानिसहरू घरदेखि बाहिर निस्किएको देखियो। खोरीबारी, नक्सलबारी, पानीघट्टासहित विभिन्न क्षेत्रहरूका दोकानहरू पनि आज पूर्ण रूपले बन्द रहेको छ। यस अवधि पानीघट्टा पुलिस पोस्टको तर्फबाट सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर सडकमा पेट्रोलिङ गरिरहेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *