खोरीबारी पुलिसद्वारा अन्तर्राष्ट्रिय महिला दिवस पालन

खोरीबारी : खोरीबारी थाना पुलिसको तर्फबाट अन्तर्राष्ट्रिय महिला दिवस पालन गरियो। महिला पुलिस कर्मीहरूले केक काटेर, महिला टोटो चालक तथा महिला शिक्षिकाहरूलाई सम्मानित गरेर आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो। यसको साथै खोरीबारी थानाबाट एउटा पदयात्रा पनि निकालिइयो।


यस अवसरमा जिल्ला पुलिसका ग्रामीण डीएसपी अचिन्त्य गुप्त, खोरीबारीका ओसी सुमन कल्याण सरकार, निजी कलेजका शिक्षिका अर्थिता मुखर्जी लगायत कलेजका विद्यार्थीहरू उपस्थित थिए। यस सम्बन्धमा ग्रामीण डीएसपीले भने, समाजमा पुरुष तथा महिलामाझ कुनै भेदभाव छैन। पुरुषहरू झैँ महिलाहरू पनि सबै क्षेत्रमा अघि छन्। खोरीबारी लगायत नक्सलबारी र फाँसीदेवामा पनि पुलिसको तर्फबाट अन्तर्राष्ट्रिय महिला दिवस पालन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *