खोरीबारी स्कूल सर्कल कार्यालयमा ‘ट्विनिङ अफ् स्कूल’ कार्यक्रम  आयोजना

खोरीबारी: कोरोना सङ्कट पछि विद्यार्थीहरू बीच संस्कृति अनि पठन –पाठन आदान-प्रदान गर्नको लागि आज खोरीबारी स्कूल सर्कल कार्यालयमा ट्विनिङ अफ् स्कूलकार्यक्रमको आयोजना गरियो। कार्यक्रममा खोरीबारी सर्कलको देवीगञ्ज विवेकानन्द हाई स्कूल, अधिकारी कृष्णकान्त हाई स्कूल, सिन्दूरबाला बालिका विद्यालय र  खोरीबारी हाई स्कूलका विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए। कार्यक्रममा चित्रकला प्रतियोगिता, ग्रुप डिस्कशन, योग, नृत्य तथा गीत प्रतियोगिताको आयोजना गरियो। विद्यार्थीहरूलाई उत्साहवर्धन गर्नको लागि पुरस्कार पनि प्रदान गरियो। यस अवसरमा सिलगढी प्राथमिक शिक्षा जिल्ला चेयरम्यान दिलीप राय, सर्वशिक्षा मिशन जिल्ला समन्वयक समसूर आलम, खोरीबारी सर्कल निरीक्षक शिल्पी विश्वास लगायत स्कूलका शिक्षक-शिक्षिकाहरूको उपस्थित थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *