खोरीबारी उल्लाहजोत प्राइमरी स्कुलमा विविध कार्यक्रम

खोरीबारी : खोरीबारी खण्डको बिन्नाबारी पञ्चायत अन्तर्गत पर्ने उल्लाहजोत प्राइमेरी स्कुलमा सिलगढी शिक्षा जिल्लामा पहिलोपल्ट यामिनी राय पुरस्कारले सम्मानित गरेको खुशीमा एउटा कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा उपस्थित अतिथिहरूले यामिनी राय पुरस्कार प्राप्त गरेकोमा स्कुल प्रबन्धनलाई शुभकामना दिए। यस अवसरमा आदिवासी नृत्य तथा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरियो।


यस अवसरमा सिलगढी महकुमा परिषदका सभाधिपति तापस सरकार, खोरीबारी पञ्चायत समितिका अध्यक्ष बादल चन्द्र सरकार, बीडीओ योगेश चन्द्र मण्डल, एसआई साधन विश्वासलगायत अन्य मानिसहरू उपस्थित थिए।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *