खोरमा फस्यो चितुवा

डुवर्स : डुवर्सको हल्दीबारी चियाकमानको 24 नम्बर सेक्शनमा वन विभागद्वारा थापिएको खोरमा एउटा वयस्क चितुवा फसेको छ। वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर उक्त चितुवा उद्धार गरेर लाटागुढी प्रकृति पर्यवेक्षण केन्द्रमा लगिएको छ भने चितुवाको प्राथमिक स्वास्थ्य परीक्षापछि गोरूमारा राष्ट्रिय उद्यानमा छोडिदिने बताइएको छ। बिन्नागुढी वन्य प्राणी स्क्वाडका रेञ्जर अर्धदीप रायले गत 24 फरवरीको दिन उक्त इलाकामा चितुवा फसाउनको लागि खोर थापिएकोले गर्दा नै उक्त वयस्क चितुवा खोरमा फसेको हो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *