ख्रीष्ट समुदायद्वारा पोख्रेबुङमा पिस एण्ड डेभलपमेन्ट कार्यक्रम सम्पन्न

सुकेपोखरी : युनाइटेड क्रिस्चियन माइनोरोटी अर्गनाइजेसन सुके ब्राञ्च कमिटीको तत्वावधानमा पोख्रेबुङ स्थित हाट घर परिसरमा आज पिस एण्ड डेभलपमेन्ट कार्यक्रम भव्य रूपमा पालन गरियो। पास्टर सुरेन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको मुख्य अतिथि पहाड़िया माइनोरिटी विकास बोर्डका चेयरम्यान रेभ फादर सोलोमन सुब्बाको उपस्थित थिए। क्रिस्चियन, भोजपुरी, मुस्लिम तथा तामाङ समुदायमा आवद्ध सङ्गठनका पदाधिकारी तथा सर्व साधरणको व्यापक उपस्थिति रहेको कार्यक्रमको प्रथम चरणमा उपस्थित मानिसहरूले चेयरम्यान सुब्बालाई खदा अर्पण गरी स्वागत जनाएका थिए।


यसैबिच सञ्चारकर्मीले सोधेको विभिन्न प्रश्नको उत्तर दिँदै फादर सोलोमन सुब्बाले विकास बोर्ट मार्फत् धेरै विकासमूलक कार्य भइरहेको बताए। मुख्यमन्त्री ममता ब्यानर्जीको दार्जिलिङ पहाड़मा शान्ति अनि विकास स्थपना गर्ने योजनामा आधारित युसीएमओद्वारा आयोजित उक्त कार्यक्रममा सङ्गठनले आफ्नो उपस्थिति दिनुपर्ने विशेष अनुरोधलाई स्वीकार गर्दै आफू यहाँ आएको बताए। विभिन्न सम्प्रादयका कलाकारहरूले नृत्य प्रस्तुत गरेको कार्यक्रमलाई भोजपुरी समुदाय, मुस्लिम तथा बौद्ध समुदायका प्रतिनिधिले पनि सम्बोधन गरेका थिए। कार्यक्रमको औचित्यबारे सङ्गठन अध्यक्ष रोशन राईले प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *