खुदीराम बसुलाई वेब सिरिज-मा अपराधीको रूपमा देखाइएकोमा जयबाङ्ग्ला संगठन-को प्रतिवाद

सिलगढी : हालै रिलिज भएको हिन्दी वेब सिरिजको सिलगढी जयबाङ्ग्ला संगठनले प्रतिवाद जनाएको छ। संगठनको आरोपअनुसार उक्त वेब सिरिजमा बङ्गालको वीर विप्लवी खुदीराम बसुलाई अपराधीको सूचीमा देखाइएको छ। खुदीराम बसु भारतवर्षका एकजना स्वाधीनता संग्रामी हुन् भने भारतलाई स्वाधीन गर्नमा तिनको योगदान अतुलनीय रहेको छ। यसैले उक्त हिन्दी वेब सिरिजमा किन एकजना स्वतन्त्र संग्रामीलाई अपराधीको सूचीमा देखाइयो भन्ने विषयलाई लिएर जयबाङ्ग्ला संगठनले प्रतिवाद जनाएको छ। यस विषयलाई लिएर आज संगठनका सदस्यहरूले सिलगढी थाना तथा साइबर क्राइममा एउटा लिखित अभियोग दर्ता गरेका छन्। यसको साथै पश्चिमबंग तथ्य औ संस्कृति विभागमा पनि अभियोग दर्ता गर्ने बताइएको छ। वीर विप्लवी खुदीराम बसुको सम्मान रक्षाको उद्देश्यले उक्त वेब सिरिज बयकट गर्ने तिनीहरूले सबैलाई अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *